जनता टाइम्स

२४ जेष्ठ २०८०, बुधबार १०:३१

एमालेले हटायो जनसंगठनमा सहइञ्चार्जको ब्यवस्था, यी हुन २३ जनसंगठनका इञ्चार्ज


काठमाडौं, जेठ २४ । नेकपा एमालेले सवै जनसंगठनमा सहइञ्चार्जको ब्यवस्था हटाएको छ । भर्खरै सम्पन्न सचिवालय बैठकले पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मको कार्यबिभाजन गर्दै जनसंगठनमा इञ्चार्ज मात्रै रहने ब्यवस्था गरेको हो ।

बैठकको निर्णयपछि अध्यक्ष केपी शर्मा ओलीले जारी गर्नुभएको अन्तर पार्टी निर्देशनअनुसार २३ वटा जनसंगठनमा २३ जना नेतालाई इञ्चार्जको जिममेवारी तोकिएको छ । यसअघि सहइञ्चार्ज हुने ब्यवस्था हटाइएको छ ।

जसअनुसार प्रचार फाँटको इञ्चार्ज स्थायी कमिटी सदस्य राजेन्द्र गौतमलाई तोकिएको छ । गौतमले प्रेस चौतारी नेपालको इञ्चार्जको जिम्मेवारी पाउनु भएको छ । यस्तै युवा फाँट इञ्चार्ज महेश बस्नेत, खेलकुद महासंघको इञ्चार्ज कर्णबहादुर थापाले पाउनु भएको छ ।

जनसंगठन समन्वय संयन्त्रको संयोजकमा भानुभक्त ढकाललाई जिम्मेवारी तोकिएको छ । संयन्त्रका सहसंयोजकको ब्यवस्था हटाइएको छ ।