जनता टाइम्स

२४ जेष्ठ २०८०, बुधबार १३:१८

एमालेले गर्यो केन्द्रीय सदस्य हरिनारायण महतोको निलम्बन फुकुवा


काठमाडौं, जेठ २४ । नेकपा एमालेले केन्द्रीय सदस्य हरिनारायण महतोको निलम्बन फुकुवा गरेको छ। गत जेठ १९ गते बसेको सचिवालय बैठकले महतोको निलम्बन फुकुवा गरेको हो।

त्यसको जानकारी एमालेले अन्तरपार्टी निर्देशन (अपानि) मार्फत मातहतको कमिटीलाई पठाएको छ।

‘स्थानीय तहको निर्वाचनमा वर्तमान प्रदेश सभा सदस्य हरिनारायण महतो (धनुषा) को भूमिकाबाट पार्टीको अहित हुन पुगेकाले चेतावनीसहित केन्द्रीय कमिटी सदस्य पदबाट निलम्बन गरिएको थियो, ‘एमाले अध्यक्ष केपी शर्मा ओलीले जारी गर्नुभएको अपानिमा भनिएको छ, ‘गएको आमनिर्वाचनमा निजलाई प्रदेश सभाको सदस्य पदको उम्मेदवार बनाइएको र त्यस निर्वाचनमा निर्वाचित भई पार्टीको संसदीय दलमार्फत क्रियाशील रहेकाले निलम्बन गरिरहन युक्तिसंगत देखिएन।’