जनता टाइम्स

२४ जेष्ठ २०८०, बुधबार १५:१६

आरोही हरि बुढामगर जीवनी पाठ्यपुस्तकमा राख्न माग


काठमाडौं, २४ जेठ । आरोही हरि बुढामगरको जीवन पाठ्यपुस्तकमा राख्न माग गरिएको छ ।

आज बसेको प्रतिनिधिसभा बैठकमा ईश्वरी घर्तीले हालै सगरमाथाको सफल आरोहण गरेका दुवै खुट्टा गुमाएका हरि बुढामगरको जीवनी पाठ्यपुस्तकमा राख्न माग गर्नुभएको हो ।

दुवै खुट्टाका घुँडाभन्दा तलको भाग गुमाएका बुढामगरले यही ५ जेठमा सगरमाथाको आरोहण गर्नुभएको थियो ।