जनता टाइम्स

२५ जेष्ठ २०८०, बिहीबार १७:५९

गर्मीले सुर्खेतका नीजि बिद्यालय जेठ ३० सम्म बन्द


सुर्खेत, २५ जेठ । गर्मीका कारण सुर्खेतका निजी विद्यालयहरू जेठ ३० गतेसम्म बन्द हुने भएका छन् । अत्यधिक गर्मी हुन थालेपछि निजी विद्यालयहरूले एक हप्ताको लागि पठनपाठन बन्द गरेका हुन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को सुर्खेत जिल्लाभरीका विद्यालयलाई एक साताका लागि गर्मी बिदा दिन पत्राचार गरे पछि जिल्लाका निजी बिद्यालयहरु बन्द भएका हुन ।

गत जेठ जेठ २४ बन्द हुन सुरु भएका बिद्यालयमा कम्तिमा पनि ३० सम्म पठनपाठन हुने छैन । अत्यधिक गर्मीका कारण बालबालिका बेहोस हुन थालेको तथा लुको खतरा बढेकाले स्वास्थ्यमा थप समस्या सिर्जना हुनसक्ने जोखिम बढेको भन्दै बिद्यालय बन्द गरिएका हुन ।