जनता टाइम्स

२६ जेष्ठ २०८०, शुक्रबार २०:१४

प्रधानमन्त्रीप्रति ओलीको ब्यंग्य : हाम्री आमा सारै नि बाँठीछिन, राँगासँग नदी पो साटिछिन


स्याङ्जा, जेठ २६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणमा गर्नुभएको बेइमानीको पोल खोल्दै कडा ब्यंग्य गर्नुभएको छ । उहाँले प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा नेपालको हितमा कुनै काम गर्न नसकेको र भारतले चाहेको सवै पूरा गरिदिएको भन्दै कडा ब्यंग्य गर्नुभएको हो ।

शुक्रबार स्याङ्जाकाे कालीगण्डकी गाउँपालिकाकाे प्रशासकीय भवन उद्घाटन समाराेहलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भयो । अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डकाे भारत भ्रमण उपलब्धिहीन भएकाे भन्दै फुकाेट कर्णाली भारतलाई दिएकाेमा असन्तुष्टि जनाउनुभयाे ।प्रधानमन्त्रीले १५ वटा राँगासँग नदी साटेकाे टिप्पणी गर्दै उहाँले भन्नुभयाे, ‘हाम्री आमा सारै नि बाँठीछिन, राँगासँग नदी पो साटिछिन, प्रधानमन्त्रीले भारतबाट १५ वटा राँगा ल्याए, फुकाेट कर्णाली त्याे नेपालले बताउनुपर्ने याेजना हाे, खाेलाे किन बुझाएकाे ?’

अध्यक्ष ओलीले अहिले पहिचानका नाममा अशान्ति र आतंक मच्याउने काम भइरहेको भन्दै कडा आपत्ति पनि जनाउनु भयो । शुक्रबार स्याङ्जाकाे कालीगण्डकी गाउँपालिकाकाे प्रशासकीय भवन उद्घाटन समाराेहलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले केही तत्वहरु अहिले उपद्राे मच्याइरहेका बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘पहिचान भनेर केही तत्वहरु उपद्राे मच्याइरहेका छन्, विभिन्न नाममा, आतंक मच्याउने काम ठिक हाेइन भनेर एमाले बाहेक अरु काेही बाेल्दैनन्, बाेलेकाे देख्नुभएकाे छ ?’

काेशी प्रदेशमा भइरहेकाे आन्दाेलनप्रति लक्षित गर्दै अध्यक्ष ओलीले पहिचानका नाममा भइरहेकाे आतंक गलत हाे भनेर प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भन्न नसकेकाे बताउनुभयाे । उहाँले भन्नुभयाे – ‘पहिचानकाे नाममा चलाइएकाे आतंक गलत हाे भनेर शेरबहादुर र प्रचण्डले भन्नुपर्छ, त्यतिपनि भन्न नसक्ने ?’

यस्ता गलत प्रवृति हट्नुपर्ने भन्दै अध्यक्ष ओलीले नेपाललाई शान्ति र सुशासन चाहिएकाे बताउनुभयाे । नेपाल शान्तिभूमि भएपनि विगतमा हिंसा मच्याउने काम भएकाे र त्याे अहिले अन्त्य भएपनि केही धङधङी बाँकी रहेकाे बताउनुभयाे । प्रचण्डलाई लक्षित गर्दै अध्यक्ष ‌ओलीले भन्नुभयाे – ‘हाम्राेमा अशान्ति छायाे, अहिले पनि अलिकति धङ्धङी बाँकी छन्, हामीले शान्तिमा ल्याउन सक्छाैं ।’

एमालेले देश र जनतालाई शीरमा राखेर काम गर्ने भन्दै उहाँले देशकाे हित र उखान टुक्काकाे फरक बुझ्न नसक्नेहरुले, विकास र उखानटुक्का बुझ्न नकस्नेहरुले आफ्नाे आलाेचना गर्ने गरेका बताउनुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे, ‘हामी देश र जनतालाई शीरमा राखेर काम गर्छाैं, कसैले भन्लान् केपी ओलीले कालीगण्डकी पुगेर उखानटुक्का भन्याे भनेर, उखान टुक्काले देश बन्दैन भनेर विराेध पनि गर्छन्, किनकी उनीहरुले देशकाे हित र उखान टुक्कामा के फरक छ भन्ने बुझ्दैनन्, विकास र उखानटुक्कामा के फरक छ भन्ने बुझ्दैनन्, उनीहरुले साहित्य समेत बुझ्दैन ।’

जहाँ टेक्याे त्यही पहिराे जाने काे छ मेराे कटक्क मन खाने गीत सुनाउँदै उहाँले भन्नुभयाे – ‘यसकाे अर्थ जहाँ टेक्याे त्यहीँ टेकेकै ठाउँमा पहिराे जाने हाे र ? हाेइन, त्याे एमाले बाहेक अरुले बुझ्दैन ।’ नेपाल कला संगितकाे देश भएकाे भन्दै उहाँले इसारा र अलंकारमा कुरा हुने बताउनुभयाे । नेपालमा जस्ता कवि दुनियाँमा काेही नभएका समेत उहाँले बताउनुभयाे । कालीगण्डकी क्षेत्र पवित्र तपाेभूमि भएकाे बताउँदै उहाँले भन्नुभयाे – ‘यहाँ त ढुंगा पनि शालिग्राम हुन्छ ।’

नेपाल पछाडि पर्न र गरिब हुन सक्ने देश नभएकाे भन्दै उहाँले आफू प्रधानमन्त्री हुँदा नेपाली जनता काेही भाेकै पर्दैन काेही भाेकै मर्दैन भन्ने अभियाननै थालेकाे स्मरण गराउनुभयाे । सरकारकाे नेतृत्व गर्दा एमाले र आफूले धेरै काम गरेकाे भन्दै उहाँले गरिबी केही बाँकी रहेकाे बताउनुभयाे । संसदीय अंकगणितका कारण एमाले सरकारबाट बाहिरिनुपरेकाे र गरिबी निवारण गर्न नसकिएकाे अध्यक्ष ओलीले बताउनुभयाे । सरकार र प्रतिपक्ष जहाँ बसेपनि एमालेले सधैं देशका लागि काम गर्ने उहाँले बताउनुभयाे ।

देशका लागि विचार गर्नुपर्ने बेला भएकाे भन्दै अध्यक्ष ओलीले २ वर्षमा देश नराम्राेगरी ओरालाे लागेकाे बताउनुभयाे । काेभिडकाे मारले अर्थतन्त्र ध्वस्त नभएकाे भन्दै उहाँले अहिलेकाे गठबन्धन सरकारका कारण अर्थतन्त्र मन्दीमा गएकाे बताउनुभयाे । एमालेले काेभिडकाे बेला पनि अर्थतन्त्रलाई सही ठाउँमा राख्दै काम अघि बढाएकाे र विकास निर्माण पनि नराेकेकाे उहाँले बताउनुभयाे ।

जनताले आफूसँग समय बिताउने तीब्र इच्छा गर्ने गरेका भन्दै उहाँले त्यसका लागि त स्थानीय जनप्रतिनिधि नै बन्नुपर्ने बताउनुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे – ‘मलाई वडाध्यक्ष छानेकाे भए म वडामै हुन्थेँ, पालिका अध्यक्ष छानेकाे भए पालिकामै बस्थेँ, राष्ट्रिय अध्यक्ष छान्नुभएकाे छ मैले सिंगाे देशै हेर्नुपर्छ, म देशैभर जान्छु, एउटा बच्चा राेएकाे, खान नपाएकाे देख्दा मेराे मन दु‍ख्छ र काेही बालबालिका कुपाेशित भएकाे देखे मन भक्कानिन्छ, हामीले उनीहरुकै लागि काम गरिरहेका छाैं ।’