जनता टाइम्स

२७ जेष्ठ २०८०, शनिबार १३:०२

केमिकल हालेको लिच्ची थाहा पाउने सजिलो तरिका


काठमाडौं, २७ जेठ । अहिले बजारमा लिच्चीको मौसम छ । तर, तपाईले खाईरहनु भएको लिच्ची केमिकल हालेर पकाईएको त छैन ? बजारमा अहिले लिच्ची छयाप छयाप्ती पाइन्छ, यो स्वास्थ्य हुनुका साथै स्वादिलो पनि उत्तिकै हुन्छ । तर, तपाईलाई थाहा छ, अहिले बजारमा केमिकल हालेका लिच्ची पनि उत्तिक आएका छन् ।

जसले तपाईको स्वास्थ्यमा खराब समेत गरिरहेको हुन्छ । त्यसैले लिच्ची खानु भन्दा पहिलो एक पटक त्यसको जाँच गर्नुहोस कि त्यो लिच्चीमा केमिकल हालिएको छ कि छैन ।

यदी निकै सफा लिची छ भने मान्नुहोस, त्यसमा केमिकल हालिएको छ । साथै, आकारमा ठुलो पनि छ भने मान्नुहोस, यस्तो खाले लिच्चीमा केमिकल मिसाईएको छ । साथै, लिच्ची खरिद गर्नु वा खानु भन्दा पहिलो एक पटक सुघ्नुहोस, यदी गन्हाएको छ भने मान्नुहोस, त्यो लिच्ची खराब छ ।