जनता टाइम्स

२८ जेष्ठ २०८०, आईतवार १०:४२

पार्टी निर्णय र निर्देशनअनुरुप जिम्मेवारीलाई प्रभावकारी रुपमा सम्पादन गर्न एमालेको निर्देशन


काठमाडौं, जेठ २८ । नेकपा एमालेले पार्टी निर्णय र निर्देशन अनुरुप जिम्मेवारीलाई सिर्जनात्मक र प्रभावकारी रुपमा सम्पादन गर्न सवै नेताहरुलाई निर्देशन दिएको छ । एमाले महासचिव शंकर पोखरेलले नयाँ कार्यबिभाजनअनुसार आफ्नो जिम्मेवारीलाई प्रभावकारी रुपमा सम्पादन गर्न सार्वजनिक रुपमै निर्देशन दिनुभएको हो ।

‘केन्द्रीय कमिटीको पाँचौ वैठकको निर्णयको जगमा सचिवालयले गरेको कार्यविभाजनका आधारमा कामलाई प्रभाककारी ढंगले अघि वढाउने सन्दर्भमा केन्द्रीय सचिवालयको वैठक सम्पन्न भएको छ । त्यसले जिल्ला वाहिरवाट जानुहुने इन्चार्जलाई काममा अनुकुलता सिर्जना गर्ने तथा पालिका इन्चार्जहरुलाई पालिकाको कामको नेतृत्व गर्नका लागि संयन्त्र निर्माण गर्ने सन्दर्भमा योजना बनेको छ । अव यथासिघ्र तोकिए अनुसारको जिम्मेवारी हस्तान्तरण र बहन गर्नका लागि योजना बनाउनु पर्दछ,’ महासचिव पोखरेलले भन्नुभएको छ ।

पछिल्लो कार्यबिभाजनसँगै एमालेले कामलाई प्रभावकारी बनाउन हरेक दिन बैठक गरिरहेको छ । जनसंगठनको कामलाई वैठकको योजनाअनुसार अघि वढाउने सन्दर्भमा जनसंगठनको समन्वयको वैठक सम्पन्न भएको छ । महासचिव पोखरेलका अनुसार प्रदेश तहमा समेत केन्द्रीय सदस्यलाई संयोजनको जिम्मेवारी प्रदान गरिएको छ । सो जिम्मेवारीलाई कसरी प्रभावकारी बनाउने भन्ने सन्दर्भमा योजना बनेको छ ।

यस्तै विभागीय कामका सन्दर्भमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिवार विभागीय कामका संयोजक र विभागका प्रमुखहरुको वैठक पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ । वैठकले एक हप्ताभित्र जिम्मेवारीअनुसारको काम अघि वढाउने र असार मसान्तसम्म वार्षिक कार्ययोजना तयार गरी काम अघि वढाउने निर्णय गरेको छ । भुगोलको कामलाई प्रभावकारी ढंगले सम्पादन गर्ने सन्दर्भमा प्रदेश इन्चार्जहरुले परामर्श वैठकहरु आयोजना गर्ने र काम अघि वढाउन पहल गरिरहेको महासचिव पोखरेलले बताउनु भएको छ । वाग्मती प्रदेशको कामका सन्दर्भमा केन्द्रीय कार्यालयले सोमवार १ बजे बैठक आयोजना गरिएको छ ।

‘मिसन २०८४ उद्देश्य अनुरुप नेकपा एमाले लाई बलियो राष्ट्रिय शक्तिका रुपमा सुदृढ गर्ने र कसैसंग तालमेल नगरी पार्टीको एकल बहुमत प्राप्त गर्ने योजना अनुरुप पार्टी अघि वढेको छ । एक वर्षका लागि तय गरिएको यो विशेष कार्ययोजना र कार्य विभाजनको विशेष अर्थ र महत्व रहेको छ । सम्पूर्ण कमरेडहरुलाई पार्टी निर्णय र निर्देशन अनुरुप जिम्मेवारीलाई सिर्जनात्मक र प्रभावकारी रुपमा सम्पादन गर्न अनुरोध छ,’ महाासचिव पोखरेलले भन्नुभएको छ ।

यस्तो छ महासचिव पोखरेलको निर्देशन

केन्द्रीय कमिटीको पाँचौ वैठकको निर्णयको जगमा सचिवालयले गरेको कार्यविभाजनका आधारमा कामलाई प्रभाककारी ढंगले अघि वढाउने सन्दर्भमा केन्द्रीय सचिवालयको वैठक सम्पन्न भएको छ । त्यसले जिल्ला वाहिरवाट जानुहुने इन्चार्जलाई काममा अनुकुलता सिर्जना गर्ने तथा पालिका इन्चार्जहरुलाई पालिकाको कामको नेतृत्व गर्नका लागि संयन्त्र निर्माण गर्ने सन्दर्भमा योजना बनेको छ । अव यथासिघ्र तोकिए अनुसारको जिम्मेवारी हस्तान्तरण र बहन गर्नका लागि योजना बनाउनु पर्दछ ।

जनसंगठनको कामलाई वैठकको योजना अनुसार अघि वढाउने सन्दर्भमा जनसंगठनको समन्वयको वैठक सम्पन्न भएको छ । प्रदेश तहमा समेत केन्द्रीय सदस्यलाई संयोजनको जिम्मेवारी प्रदान गरिएको छ । सो जिम्मेवारीलाई कसरी प्रभावकारी बनाउने भन्ने सन्दर्भमा योजना बनेको छ ।

विभागिय कामका सन्दर्भमा पार्टी अध्यक्षको उपस्थितिमा विभागिय कामका संयोजक र विभागका प्रमुखहरुको वैठक पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ । वैठकले एक हप्ता भित्र जिम्मेवारी अनुसारको काम अघि वढाउने र असार मसान्तसम्म वार्षिक कार्ययोजना तयार गरी काम अघि वढाउने निर्णय गरेको छ ।भुगोलको कामलाई प्रभावकारी ढंगले सम्पादन गर्ने सन्दर्भमा प्रदेश इन्चार्जहरुले परामर्श वैठकहरु आयोजना गर्ने र काम अघि वढाउन पहल गरिरहनु भएको छ । वाग्मती प्रदेशको कामका सन्दर्भमा केन्द्रीय कार्यालयले सोमवार १ बजे बैठक आयोजना गरिएको छ।

मिसन २०८४ उद्देश्य अनुरुप नेकपा(एमाले)लाई बलियो राष्ट्रिय शक्तिका रुपमा सुदृढ गर्ने र कसैसंग तालमेल नगरी पार्टीको एकल बहुमत प्राप्त गर्ने योजना अनुरुप पार्टी अघि वढेको छ । एक वर्षका लागि तय गरिएको यो विशेष कार्ययोजना र कार्य विभाजनको विशेष अर्थ र महत्व रहेको छ । सम्पूर्ण कमरेडहरुलाई पार्टी निर्णय र निर्देशन अनुरुप जिम्मेवारीलाई सिर्जनात्मक र प्रभावकारी रुपमा सम्पादन गर्न अनुरोध छ ।