काठमाडौं, ३० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो स्वास्थ्य परीक्षण गर्नुभएको छ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा हिजै पुगेर प्रधानमन्त्री प्रचण्डले आफ्नो स्वास्थ्य परीक्षण गराउनुभएको हो । हिजो प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य परीक्षण गरेको भए पनि आज मात्र अस्पतालले विज्ञप्ति जारी गरेर जानकारी दिएको हो ।
नर्भिक हस्पिटलका प्रवक्ता सोमनाथ बास्तोलालेले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीको पूर्ण स्वास्थ्य परीक्षणका लागि सोमबार दिउँसो ३ः४० बजे थापाथलीस्थित नर्भिक अस्पताल आउनुभएको थियो । करिब डेढ घण्टा समय लगाएर उनको सम्पूर्ण स्वास्थ्य जाँच गराउनुभएको थियो । सो क्रममा उहाँको स्वास्थ्य अवस्था सामान्य देखिएको जानकारी गराउँदछौ ।’













प्रतिक्रिया दिनुहोस्