जनता टाइम्स

३१ जेष्ठ २०८०, बुधबार ०९:४९

राष्ट्रपति पौडेल डिस्चार्ज, स्वास्थ्य अवस्था सामान्य


काठमाडौं, ३१ जेठ । राष्ट्रपति रामचन्द्र पौडेल डिस्चार्ज हुनुभएको छ ।

मुटुमा समस्या देखा परे पछि हिजो मंगलवार शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना भएका राष्ट्रपति पौडेल आज डिस्चार्ज हुनुभएको हो । अस्पतालले आज जारी गरेको बिज्ञप्ति अनुसार उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

हिजो बिहान नियमित स्वास्थ्य परीक्षणका क्रममा उहाँ अस्पताल पुग्नुभएको थियो । उहाँलाई चिकित्सकको सल्लाह अनुसार २४ घन्टासम्म अवलोकनमा राखिएको थियो । राष्ट्रपति पौडेल आज डिस्चार्ज भएको अस्पतालका कार्यकारी निर्देशक डा.चन्द्रमणि अधिकारीले जानकारी दिए।