जनता टाइम्स

३१ जेष्ठ २०८०, बुधबार १९:५५

सांसद नै मिनिस्कर्ट लगाएर संसदीय समिति बैठकमा पुगेपछि


काठमाडौं, जेठ ३१ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठ अंग प्रदर्शन गर्दै मिनीस्कर्ट लगाएर संसदीय समितिको बैठकमा पुग्नुभएको छ । आज बसेको प्रतिनिधिसभाअन्तर्गत शिक्षा तथा स्वाथ्य समितिको बैठकमा सांसद श्रेष्ठ मिनीस्कर्ट लगाएर पुग्नुभएको हो ।

अंग प्रदर्शन गर्दै सांसद श्रेष्ठ बैठकमा पुगेको अवस्थामा सहभागी अन्य सबै सांसदहरुले भने औपचारिक पोशाक लगाएका थिए । समितिको बैठकमा सांसद श्रेष्ठ मिनीस्कर्ट लगाएर पुग्दा छेउछाउका सांसदहरुले त्यतातिर हेर्दै ‘खासखुस’ गरेका थिए।

प्रतिनिधिसभा नियमावलीमा संसद र समितिका सदस्यहरूले बैठकमा सहभागी हुँदा मर्यादित पोशाक लगाउनुपर्ने उल्लेख छ । तर उहाँ भने यस्तो अवस्थामा पुग्नुभएको हो । श्रेष्ठले केही दिनअघि संसद बैठकमा टिसर्ट र जिन्सको पहिरन लगाउनु अमर्यादित नहुने टिप्पणी गर्नुभएको थियो ।

उहाँले टिसर्ट र जिन्स लगाएकोमा अमर्यादित भनेर सामाजिक सञ्जालमा आपत्ति जनाएपछि यस्तो प्रतिक्रिया दिनुभएको थियो ।