काठमाडौं, जेठ ३२ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द शाह (बालेन) ले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सब्द नसच्चिए काठमाडौं महानगरपिालिकाभित्र हिन्दी फिल्म प्रदर्शन गर्न नदिने घोषणा गर्नुभएको छ ।
आदीपुरुषको तस्विरसहित आफ्नो धारणा राख्दै मेयर शाहले यस्तो घोषणा गर्नुभएको हो ।
‘दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तबसम्म काठमाडौ महानगर पालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन,’ मेयर शाहले लेख्नुभएको छ, यो सच्याउन ३ दिनको समय दिइएको छ । माता सीताको जय होस ।’
प्रतिक्रिया दिनुहोस्