जनता टाइम्स

६ असार २०८०, बुधबार १८:३०

अत्तरियाबाट लागूऔषधसहित दुई जना पक्राउ


धनगढी, ६ असार । कैलालीको अत्तरियाबाट लागूऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । गोदावरी नगरपालिका–२ (अत्तरिया) बसपार्कबाट लागूऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

दुई ग्राम ११० मिलिग्राम लागूऔषधसहित मंगलबार राति इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले धनगढी उपमहानगरपालिका–५ का २८ वर्षीय अनमोल शाह र धनगढी उपमहानगरपालिका–६ का १८ वर्षीय किशोरलाई पक्राउ गरेको जनाइएको छ ।

प्रहरी टोलीले से।७ प १४०१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई लागूऔषधसहित पक्राउ परेका हुन् ।