जनता टाइम्स

७ असार २०८०, बिहीबार १३:२२

नेपाललाई दोस्रो सफलता


काठमाडौं, ७ असार । जिम्बाब्वेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले वेष्ट इण्डिजको दोस्रो विकेट लिएको छ ।

जिम्बाव्वेको हरारे स्पोर्टस क्लबमा भइरहेको खेलमा नेपालले ४.१ ओभरमा दोस्रो विकेट लिएको हो ।

नेपालका करण केसीले दोस्रो ओभरको तेस्रो बलमा पहिलो विकेट लिएका थिए भने दोस्रो विकेट गुल्सन झाले लिएका छन् ।