काठमाडौं, असार ७ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले देशको सार्वभौमिकता र स्वाधीनताका विषयमा आफूले कानुन र अदालतलाई नमान्ने घोषणा गर्नुभएको छ ।
उच्च अदालत पाटनले हिन्दी फिल्म नरोक्न अन्तरिम आदेश दिएपछि मेयर बालेनले यस्तो घोषणा गर्नुभएको हो । उहाँले देशको सार्वभौमिकता र स्वाधीनताको सवालमा कुनै कानुन र अदालतलाई नमान्ने प्रष्ट बटमलाइन सुनाउनु भएको छ ।
‘फिल्म लेखकले नेपाल भारतको अधिनमा थियो भनी सकेपछि उनीहरूको नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो, अदालत र सरकार भारत को गुलाम भएको बुजिन्छ। यसका लागि जुनसुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइने छैन,’ मेयर बालेनले भन्नुभएको छ ।
काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को आदिपुरुषले ’सीता भारतकी छोरी हुन’ भन्ने संवाद तीन दिनभित्र हटाउन चेतावनी दिएपनि नहटाएपछि महानगरभित्र हिन्दी फिल्म चल्न नदिने घोषणा गर्नुभएको थियो ।
काठमाडौं महानगरपश्चात पोखरा महानगरपालिका र धरान उपमहानगरपालिकाले पनि भारतीय हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने घोषणा गरेका छन ।













प्रतिक्रिया दिनुहोस्