जनता टाइम्स

७ असार २०८०, बिहीबार १८:५८

भिरबाट लडेर दार्चुलामा एक महिलाको मृत्यु


धनगढी, ७ असार । दार्चुलामा भिरबाट लडेर एक महिलाको ज्यान गएको छ । लेकम गाउँपालिका–५ राताकाठामा स्थानीय ३२ वर्षीया नन्दादेवी बोहराको भिरबाट लडेर ज्यान गएको प्रहरीको भनाइ छ ।

बुधबार बिहान गोठालो गएको बेला घर नजिकैको भिरबाट लडेर मृत्यु भएको र घटनाबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।