जनता टाइम्स

९ असार २०८०, शनिबार १३:४०

नेपाललाई पहिलो झड्का, ओपनर आसिफ आउट


काठमाडौं, ९ असार । आईसीसी विश्वकप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिलो विकेट गुमाएको छ । जित्नैपर्ने खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालका लागि ओपनिङमा आएका आसिफ लोगान भान विक बलमा बोल्ड भए ।

जिम्बाबेको हरारेस्थित टाकाशिङगा स्पोर्टस क्ल्बमा जारि खेलमा आपसफ २ बल खेल्दा शून्यमा आउट भए । सुपर सिक्स्मा स्थान बनाउन नेपालाई आजको खेल जित्नैपर्नै दबाव छ । यदि पराजित भए नेपाल समूह ए बाट अमेरिका पछि बाहिरिने दोस्रो टिम बन्ने छ । र, नेदरल्यान्ड, जिम्बाबे र वेस्ट इन्डिज सुपर सिक्समा पुग्नेछन् ।