जनता टाइम्स

९ असार २०८०, शनिबार १९:३८

माधवको गृहनगरमै बिद्रोह, नेकपा एस सकिन्छ भन्दै बिश्वासपात्र नै एमाले प्रवेश


रौतहट, असार ९ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको गृहनगर रौतहटको गौर निवासी चर्चित पत्रकार एवं सामाजिक अभियन्ता शैलेन्द्र गुप्ता प्रेस चौतारी नेपाल प्रवेश गर्नुभएको छ ।

सर्लाहीमा आज आयोजित प्रचार भेलामा एमाले सचिव तथा मधेश प्रदेश इञ्चार्ज योगेश भट्टराईले एमालेमा स्वागत गर्नुभयो । रौतहटमा लामोसमयदेखि पत्रकारिता र सामाजिक काम गरिरहनु भएका गुप्ताले माधव नेपाललाई लामो समय सहयोग गरे पनि बेइमानको नायक बनेर इमान्दारलाई धोका दिने गरेको कारण आफू पुरानो संगठन प्रेस चौतारी र एमालेमै फर्किएको बताउनु भयो ।

माधव नेपालका दाहिने हात मानिने गुप्ताले कुनै बेला गौर नगरपालिका वडा नम्बर ९ मा माधवलाई प्रवेश निषेध गर्दा गुप्ताले नै प्रवेशको वाताारण मिलाउनु भएको थियो । एमालेमा प्रवेश गरेपछि गुप्ताले माधवको भ्रममा परेर कोही पनि सो पार्टीमा नरहन अपिल गर्नुभयो ।

‘माधव कमरेड जस्तो आदरणीय नेताले पनि यति धेरै बेइमानी र बदमासी गर्नुहुन्छ भन्ने मलाई लागेको थिएन, तर मैले भोगेको छु, देखेको छु, मैले सधै सहयोग गरें तर उहाँ जस्ता धोका दिने मान्छे सायदै अरु कोही होला,’ गुप्ताले भन्नुभयो, माधव कमरेड नै पार्टी अगाडि बढन सक्दैन भन्ने निश्कर्षमा पुगिसक्नु भएको छ, अव त्यता बसेर आफ्नो जीवन बर्वाद नपारौं ।’