जनता टाइम्स

१६ भाद्र २०७६, सोमबार ०८:४४

एटिएम लुटेर भाग्दै गरेका अर्को चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ


काठमाडौं, भदौ १६

एटिएमबाट पैसा लुट्ने चिनियाँ गिरोहका थप एकजना त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन् । पाँच जना शनिवार साँझ नै पक्राउ परेपनि अर्का एक जना भने आइतवार राति विमानस्थलबाट पक्राउ परेका हुने । ३६ वर्षीया सु लुसली नामका चिनियाँ नागरिकलाई विमानस्थलबाट गएराति पक्राउ गरिएको प्रहरीले जनाकारी दिएको छ ।

फरार अन्य दुईको खोजी भईहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिनुभयो । प्रहरीका अनुसार एटिएम लुट्न ८ जना चिनियाँ सक्रिय रहेका छन् । जसमध्ये ६ जना पक्राउ परिसकेका छन् । लुसली चीन भाग्ने तयारीमा रहँदा अध्यागमनको सहयोगमा प्रहरीले पक्राउ गरेको हो।

शनिबार राजधानीका विभिन्न बैंकको एटीएमबाट रकम निकाल्दै गर्दा पाँच जना चिनियाँ पक्राउ परेका थिए । पक्राउ पर्नेमा चेन बिन बिन, झु लियाङ आङ, क्वियु युङक्विङ, लुओ जिआल्बी र लिन बिनमेङ छन । उनीहरुको साथबाट १ करोड २६ लाख २९ हजार ४५ रुपैयाँ, ८० हङकङ डलर, १ हजार १ सय ९१ चिनियाँ युआन, ९ हजार १ सय ८ अमेरिकी डलर, ५ हजार कम्बोडियाको मुद्रा र २ सय ५० यूरो बरामद भएको प्रहरीले जनाएको छ।