कञ्चनपुर, १० असार । कालिकोट नरहरी गाउँपालिका–९ बस्ने पीडितको नगद १ लाख ४७ हजार भारतीय रूपैयाँ र १ थान मोबाइल लुटपाट गरेको अभियोगमा कैलाली लम्कीचुहा नगरपालिका–८ बस्ने ३९ वर्षीय बसन्त दमाईलाई प्रहरीले पक्राउ गरेको छ ।
असार २ गते भारतबाट नेपाल आउने क्रममा भारतको हल्द्वानीमा बेहोस हुने औषधि खुवाई पीडितको साथबाट उक्त नगद र मोबाइल लुटपाट गरी फरार भएका बसन्तको खोजी गर्ने क्रममा अस्थायी प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरीले कञ्चनपुर भिमदत्त नगरपालिका–२ बसपार्कबाट फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्