जनता टाइम्स

१३ असार २०८०, बुधबार १५:५९

बालुवाटार जग्गा प्रकरण पक्राउ परेकालाई सरकारी वकिलको कार्यालय लगियो (फोटोफिचर)


काठमाडौं, १३ असार । बालुवाटार जग्गा काण्डले चिनिएको ललितानिवास जग्गा हिनामिना प्रकरणमा मंगलबार पक्राउ परेकाहरूलाई बुधबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं लगिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले म्याद थपका लागि उनीहरुलाई जिल्ला सरकारी वकिलको कार्यालय लगेको हो ।

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, तत्कालीन मालपोत अधिकृत धर्मप्रसाद गौतम, मालपोत कर्मचारी गोपाल कार्कीलगायत सातजनालाई सिआइबीले मंगलबार पक्राउ गरेको थियो ।