जनता टाइम्स

१४ असार २०८०, बिहीबार १३:४४

सरकारको काम खेदजनक : केपी ओली


काठमाडौं, असार १४ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गुरु कुट्ने संस्कृति बढेको र यसको संरक्षणमा सरकार लागेको बताउनु भएको छ ।

बिहीबार काठमाडौं भएको मदन भण्डारी मेमोरियल कलेजको वार्षिकोत्सव कार्यक्रममा गुरु कुट्नेहरुको संरक्षण र प्रोत्साहन गर्ने सरकारको काम खेदजनक रहेको बताउनु भयो ।

प्राध्यापक कुट्नेहरुलाई संरक्षण गर्न सरकारले मुद्दा फिर्ता लिनुजस्तो नराम्रो कुरा अरु हुनै नसक्ने बताएका उहाँले गुरु कुट्ने संस्कृतिबाट जोगिनुपर्ने बताउनु भयो । ओलीले गुरुलाई देवतासमान मान्ने देशमा गुरु कुट्ने संस्कृतिको विकास हुनु दुःखद भएको बताउनु भयो ।