बीरगञ्ज, असार १४ । नेकपा एमालेका सचिव योगेश भट्टराई यतिबेला चर्काे गर्मीको पर्वाह नगरी मधेशका ८ वटै जिल्लामा खटिरहनु भएको छ । ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएका एमाले सचिव भट्टराई पार्टीले मधेश प्रदेशको इञ्चार्जको जिम्मेवारी दिएर खठटाएसँगै जिल्लाको समस्या समाधान र प्रतिनिधिसभा बैठकमा समय दिएलगत्तै मधेश झर्ने गर्नुभएको छ ।
पछिल्लो पटक भट्टराईको दिनचर्या संसद बैठकमा सहभागी हुन बिहान काठमाडौं जाने र काम सकिनासाथ मधेशतिर झर्ने बनेको छ । ‘मधेशमा नेकपा एमालेप्रतिको भ्रम चिर्न अझै केही समय लाग्छ, जनताको आँखामा पट्टी लगाउने गरी भ्रम छरिएको रहेछ, बिगतमा छरिएको भ्रम हटदै गएको छ, पूर्णरुपमा हटाउन अझै केही समय लाग्छ,’ जनताटाइम्स डटकमको जिज्ञासामा सचिव तथा मधेश प्रदेश इञ्चार्ज भट्टराईले भन्नुभयो ।
त्यसो त छोटो समयमै उहाँ मधेश प्रदेशका ८ वटै जिल्ला सिरहा, सप्तरी, सर्लाही, धनुषा, महोत्तरी, बारा, पर्सा र रौतटह पुगिसक्नु भएको छ । मधेश प्रदेशमा पहिलो प्रचार भेलासमेत आयोजना भइसकेको छ । यस्तै जिल्ला कमिटी बैठकहरु धमाधम बसिरहेका छन भने जनसंगठन परिचालनमा पनि मधेश प्रदेश पहिलो देखिएको छ ।
सचिव भट्टराईका अनुसार मधेशका जनताले आफूहरुको कार्यशैलीमा समेत परिवर्चन होस भन्ने चाहेको अनुभुतिका आधारमा नयाँ ढंगबाट प्रत्येक घरमा पुग्ने गरी योजना बनाउने काम भइरहेको छ भने प्रदेशभरका नेता कार्यकर्तालाई जनतामाझ कसरी आफूलाई स्थापित गर्ने र कार्यशैली कस्तो हुने भन्ने बिषयमा प्रशिक्षणका काम पनि भइरहेका छन । कार्यशैलीमा थोरै परिवर्तन गर्दा पनि मधेशमा एमालेलाई आगामी निर्वाचनमा एकल बहुमत र प्रतिनिधिसभामा कम्तीमा २० सिट जित्न सकिने आत्मबिश्वास बढेको सचिव भट्टराईले सुनाउनु भयो ।
‘हामीले फिप्टी प्लस मिसन २०८४ भनेका छौं, मधेश प्रदेशमा त्यो अभियान पूरा हुने अवस्था देखिएको मात्रै होइन, धेरै अगाडि जान सकिने आधारहरु यो सुरुवाती चरणमै देखिएको छ, हामी एमालेहरुले कार्यशैलीमा थोरै परिवर्तन गर्दै आम मतदातामा सरल र सहज ढंगमा प्रस्तुत हुने र तोकिएको जिम्मेवारीलाई हरहालतमा पूरा गर्ने अठोट मात्रै चाहिएको छ,’ सचिव भट्टराईले भन्नुभयो । उहाँले मधेशी जनताले एमाले अध्यक्ष केपी शर्मा ओलीले अघि सार्नुभएको बिकास योजना र अडानबाट एमालेलाई नै आफ्नो पार्टी ठान्ने गरेको पाइएको पनि जानकारी दिनुभयो ।
एमाले अहिले नै मधेशमा पहिलो दल बनेको छ । यस्को अर्थ हो बिगतमा फैलाइएको भ्रम निकै हटेको छ । अव २०८४ को निर्वाचनमा मधेशमा हामी प्रदेशमा एकल बहुमतको सरकार बनाउने अवस्थामा पुग्ने गरी काम अघि बढाइएको छ, संघमा पनि २० सिटभन्दा माथि पुर्याउन सकिन्छ भन्ने नै प्रारम्भिक निश्कर्ष आएको छ

‘एमाले अहिले नै मधेशमा पहिलो दल बनेको छ । यस्को अर्थ हो बिगतमा फैलाइएको भ्रम निकै हटेको छ । अव २०८४ को निर्वाचनमा मधेशमा हामी प्रदेशमा एकल बहुमतको सरकार बनाउने अवस्थामा पुग्ने गरी काम अघि बढाइएको छ, संघमा पनि २० सिटभन्दा माथि पुर्याउन सकिन्छ भन्ने नै प्रारम्भिक निश्कर्ष आएको छ,’ जनताटाइम्ससँग भट्टराईले भन्नुभयो । एक बर्षका लागि मधेश प्रदेशको इञ्चार्जको जिम्मेवारी सम्हाल्नुभएका सचिव भट्टराईले असार महिनालाई कार्ययोजना निर्माणसहित जिम्मेवारी हरहालमा पूरा गर्नुपर्ने बिषयमा नेतादेखि कार्यकर्तासम्मलाई प्रशिक्षित गर्ने समय तोक्नुभएको छ ।
असार महिनाभित्र सवै जिल्लामा प्रचार बिभाग गठन गरी आधुनिक सञ्चार प्रविधिअनुसार टीकटक, फेसबुक, ट्वीटरको उपयोग गर्ने नीति लिनुभएको छ । यस्तै सञ्चार नीति बनाउँदा छापादेखि रेडियो र टेलिभिजनहुँदै सामाजिक सञ्जालको समुचित प्रयोगमा जोड दिनुपर्ने निश्कर्ष मातहतका कमिटी र नेतादेखि कार्यकर्तासम्मलाई सुनाउनु भएको छ । असार महिनामै सवै जनसंगठनको बैठक बसेर आगामी एक बर्षको कार्ययोजना पेश गर्न निर्देशन दिइसकेको उहाँले बताउनु भयो ।
‘असार महिनाभित्र सवै जिल्लामा प्रचार बिभागलाई पूर्णता दिएर प्रचार काम अघि बढाउने र सवै जनसंगठनले अनिवार्य रुपमा कार्ययोजना पार्टीको प्रदेश कमिटी र मलाई बुझाउन निर्देशन दिइसकेको छु, त्यो कार्ययोजनाअनुसार काम भयो कि भएन भनेर आफै अनुगमन गर्ने छु,’ सचिव भट्टराईले भन्नुभयो, ‘अव काम गर्ने र नगर्नेको एउटै मुल्यांकण हुन्न । काम गर्नेहरु अगाडि जान्छन, नगर्नेहरु छुटछन, माथिका नेताका आडमा पदमा बस्ने र काम नगर्नै प्रबृक्तिलाई अव अन्त्य गरिने छ,’ भट्टराईले भन्नुभयो । उहाँले हरेक महिना कार्ययोजनाअनुसार काम भयो कि भएन भन्ने प्रगति प्रतिवेदनको आधारमा मुल्यांकण गर्ने पनि बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्