जनता टाइम्स

१७ असार २०८०, आईतवार ०९:५८

लुम्बिनीमा बजेटमाथिको छलफलमै देखियो संकट: सत्तारुढ दलकै चर्के असन्तुष्टी, प्रतिपक्षको सशक्त विरोध


दाङ, असार १७ । लुम्बिनी प्रदेश सभाको आजको बैठकमा बजेटमाथि छलफल हुने भएको छ । लुम्बिनी सरकारले आगामी आर्थिक वर्ष २०८०र८१ का लागि पेश गरेको बजेटमाथि आजबाट छलफल हुन लागेको हो । जसका लागि आइतवार प्रदेशसभा बैठक बस्दैछ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले असन्तोष जारी गरेको तथा सत्तापक्षीय सांसद स्वयं समेत असन्तुष्ट रहेको बेला प्रदेशसभा चल्नेमा भने अझैं आशंका कायमै छ ।नेपाली कांग्रेस नेतृत्वको सरकारले ल्याएको बजेटबारे आन्तरिक सहमति नजुट्दा बजेट पेश भएको दुई साता नाघिसक्दा पनि त्यसमाथी अझै पनि छलफल सुरु हुन सकेको छैन । जसकाकारण बजेट माथी सांसदहरुको औपचारिक धारणा बाहिर आउन सकेको छैन ।

पुर्वनिर्धारित कार्यसुची अनुसार गत असार १० गतेवाट बजेट माथि छलफल सुरु गर्ने भन्दै बैठक आह्वान गरिएको भए पनि बिबाद नसल्टे पछि सूचना टाँसेर स्थगित गरिएको थियो । गत असार १ गते अर्थमन्त्री धनबहादुर मास्केले ४० अर्ब ४७ करोड ८९ लाख बराबरको बजेट प्रदेशसभामा पेस गर्नुभएको थियो ।