काठमाडौं, असार १७ । काठमाडौं महानगरपालिकाको टोली बालुवाटारस्थित ललिता निवासमा पुगेको छ । टोलीले अहिले स्थलगत निरीक्षण गरिरहेको छ । ललिता निवास जग्गा हिनामिना प्रकरणमा छानबीन भइरहेको बेला काठमाडौं महानगरपालिकाको टोली सो क्षेत्र घेराबार गर्न पुगेको हो।
काठमाडौं महानगरपालिका मेयर बालेन शाहको निर्देशनपछि महानगरीय प्रहरी बलको टोली ललिता निवासको विवादित जग्गा घेरबार गर्न पुगेको हो ।
सीआईबीले ललिता निवास जग्गा हिनामिना काण्डमा सरकारी कर्मचारी, व्यवसायी, भू–माफियासहित ४ सय जनाविरुद्ध ठगी र किर्तेमा मुद्दा दायर गर्नुपर्ने निष्कर्ष निकालेको छ। ललिता निवासको १ सय ४३ रोपनी जग्गा हिनामिना भएको प्रहरीको निष्कर्ष छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने १ सय ३६ रोपनी जग्गा अतिक्रमण भएको दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ ।
ललिता निवास जग्गा प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, सुधीरकुमार शाह, धर्मप्रसाद गौतम, कलाधर देउजा, गोापल कार्की, सुरेन्द्र कपाली र भुपेन्द्रमान श्रेष्ठ पक्राउ गरेको थियो ।













प्रतिक्रिया दिनुहोस्