जनता टाइम्स

१७ असार २०८०, आईतवार १९:४५

कांग्रेस नेताहरु कुरा गर्न पनि डराइरहेका छन : ओली


काठमाडौं, असार १७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार गठनका विषयमा नेपाली कांग्रेससँग कुनै छलफल नभएको बताउनु भएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा आज पत्रकारसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो ।

उहाँले कांग्रेस नेताहरू एमालेसँग छलफल गर्न समेत डराइरहेको तथ्य पनि खोल्नुभयो । कांग्रेस र एमाले मिलेर सरकार गठन गर्ने चर्चा चलिरहेको छ नि ? भन्ने प्रश्नमा उहाँले कांग्रेस नेताहरू कुरा गर्नै डराइरहेको बताउनु भयो । ’कांग्रेससँग कुनै हिमचिम छैन । फोनमा पनि कुरा भएको छैन । भेट्दा हाइहेलो मात्रै भइरहेको हो । उहाँहरू खासमा कुरा गर्न पनि डराइरहनुभएको छ,’ ओलीले भन्नुभयो ।

कांग्रेसका नेताहरू अनौपचारिक कुरा गर्न पनि डराउने गरेको उहाँको भनाई छ । ’सामान्य भेटघाट हुँदा पनि कसैले हेरिरहेको छ कि झैं गरी यताउति हेर्नुहुन्छ । कुरा नै गर्नुहुन्न,’ ओलीले भन्नुभयो ।