जनता टाइम्स

१९ असार २०८०, मंगलवार १९:४८

विद्यापतिलाई पहाडमा जोड्दै एमाले सचिव योगेश


सर्लाही, असार १९ । नेकपा एमालेका सचिव तथा मधेश प्रदेश इञ्चार्ज योगेश भट्टराईले मैथल साहित्यकार महाकवि विद्यापतिको योगदानवारे सवै नेपालीले वुझ्न आवश्यक रहेको वताउनु भएको छ ।  सचिव भट्टराईले मधेशमा मात्र नभएर पहाडी र हिमाली क्षेत्रमा विद्यापतिको महत्ववारे जानकारी दिनुपर्ने उल्लेख गर्नुभयो ।

मंगलवार सर्लाहीको हरिवनमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै भट्टराईले भन्नुभयो, ‘मैथल भाषामा महाकवि विद्यापतिको ठुलो योगदान छ, देशकै दोश्रो ठुलो भाषाका महान साहित्यकारलाई मधेशले मात्र हैन, हिमाल र पहाडले पनि सम्मान गर्नुपर्छ ।’ उहाँले मधेशमा भानुभक्त र पहाडमा विद्यापतिलाई उत्तिकै महत्व दिनुपर्ने वताउनुभयो ।

हरिवन नगरपालिकाको ८ नम्वर वडाले वनवाटिकामा स्थापना गरेको पृथ्वीनारायण शाह, बिपी कोइराला, पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी र मदन भण्डारीको शालिक अनावरण गर्दै उहाँले विद्यापतिको शालिक पनि अनावरण गर्न पाएको भए आफु अझ प्रफुल्लित हुने भावना पोख्नुभयो ।

नेकपा एमालेका केन्द्रीय सचिव र पहाडि जिल्ला ताप्लेजुङवाट निर्वाचित प्रतिनिधि सभा सदस्य भट्टराई अहिले पार्टीको मधेश प्रदेश ईन्चार्जको जिम्मेवारीमा हुनुहुन्छ । नेपाल वहुभाषिक र वहुजातिय फुलवारी भएकोले मधेशको वारेमा पहाडमा र पहाडको वारेमा मधेशमा पर्याप्त जानकारी हुनुपर्ने उहाँको तर्क छ ।

आफु केही दिन पहिले कर्णालीको हुम्ला, जुम्ला, मुगु, डोल्पामा जादा मधेशका शिक्षक साथी भेटेर आनन्द आएको अनुभुति पनि उहाँले सुनाउनु भयो । भट्टराईले भन्नुभयो, ‘पहाडको वारेमा उहाँहरुले धेरै राम्रो वुझाई रहेछ, हामी पहाडवासी भन्दा पनि धेरै, त्यसैले पहाडले मधेश पनि त्यसै गरि वुझौं ।’

आफु मन्त्री भएको वेला इलामको सुर्योदय नगरपालिकामा विद्यापतिको शालिक वनाउन वजेट पठाएको उहाँले स्मरण गर्नुभयो । भट्टराईले देशको सन्दर्भमा मधेश र पहाडलाई अलग अलग ढंगले वुझ्न नहुने वरु थप सुमधुरता वढाउदै लानु पर्ने विचार राख्नुभयो । मधेश र पहाडको महत्ववारे उहाहरणवाट प्रष्ट पार्दै उहाले भन्नुभयो, ‘विश्वको सर्वोच्च शिखर सगरमाथा हामीसँग भएकोले प्रशिद्ध जानकी मन्दिर र जनकपुरको अतित्व छ अनि जनकपुर र जानकी मन्दिर नेपालमा भएकैले सगरमाथाको पनि अस्तित्व छ ।’

हिमालको अस्तित्व नभएको भए जनकपुरको अतित्व नहुने र जनकपुर नभएको भए हिमाल नहुने उहाँको भनाई थियो । हिमालको शुद्ध पानी, तराईको उर्वर जमिन र पहाडको जडिवुटी हाम्रा अन्योन्याश्रित सम्वन्धका प्रतिक भएको भट्टराईले व्याख्या गर्नुभयो ।