काठमाडौं, असार २० । नेकपा एमालेका उपमहासचिव बिष्णु रिमालले तपाइँलाई प्रधानमन्त्री कसले बनाएको हो ? भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रश्न सोध्नुभएको छ ।
मलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह धेरै पटक दिल्ली जानुभयो भन्दै प्रधानमन्त्री भारतले बनाइ दिन्छ भन्ने भाष्य निर्माण गर्न खोजेपछि रिमालले दाहालसँग यो प्रश्न सोध्नुभएको हो ।
रिमालले भन्नुभएको छ, ‘हामी सबैले बहालवाला प्रधानमन्त्रीलाई सोध्नै पर्छ, नेपालमा प्रधानमन्त्री कसले बनाउँछ ? यसपाली चाहिँ तपाइँलाई प्रधानमन्त्री कसले बनाएको हो ? हामीलाई विश्वास छ, संसदले हाम्रो प्रतिनिधित्व गर्छ । त्यसैले दहालजीसँग आज कम्तिमा पनि संसदले जवाफ माग्नै पर्छ– उहाँलाई प्रधानमन्त्री कसले बनायो ? ‘प्रितम सिंह’ थिएनन्, यसपाली कसले दिल्लीमा ओहोर दोहोर गर्यो ?’
प्रितम सिंहले प्रधानमन्त्री बनाएका प्रचण्डलाई प्रश्न !!!
सधैंभरी आफूले काँक्रो खाएर वियाँ अर्काको गालामा टाँस्ने कलाका च्याम्पियन पुष्पकमल दाहालजीले यसपाली वियाँ पनि आफ्नै गालामा टाँसिएको पत्तो पाउनु भएन । यो विषय अब यहीँ सकिनु हुन्न, बरु विषय यहाँबाटै सुरु हुनुपर्छ । हामी सबैले बहालवाला प्रधानमन्त्रीलाई सोध्नै पर्छ, नेपालमा प्रधानमन्त्री कसले बनाउँछ? यसपाली चाहिँ तपाइँलाई प्रधानमन्त्री कसले बनाएको हो ? हामीलाई विश्वास छ, संसदले हाम्रो प्रतिनिधित्व गर्छ । त्यसैले दहालजीसँग आज कम्तिमा पनि संसदले जवाफ माग्नै पर्छ– उहाँलाई प्रधानमन्त्री कसले बनायो ? ‘प्रितम सिंह’ थिएनन्, यसपाली कसले दिल्लीमा ओहोर दोहोर गर्यो ?
पाँच बर्षलाई सरकार बनाउने–हटाउने, ऐन कानुन बनाउने–फेर्ने–खारेज गर्ने, विकासका लागि बहस गर्ने र सुशासन कायम गर्ने/गराउने जस्ता नेपाली जनताको अधिकार प्रयोग गर्नेगरी चुनिएका संघीय संसदका माननीयहरु कसैका रबर स्ट्याम्प हुन् र? माननीय ज्यू, तपाईँहरुलाई लाग्दैन सभाहलमा टेबल ठोकी ठोकी आफूले चुनें भनेको प्रधानमन्त्री स्वयंले ‘प्रितम सिंहले दिल्ली ओहोर दोहोर गरेर मलाई प्रधानमन्त्री बनाए’ भन्दा सार्वभौम संसदको शीर झुकेको छ !













प्रतिक्रिया दिनुहोस्