काठमाडौं, असार २१ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले हाकाहाकी ढाँटनु भएको तथ्य उजागर भएको छ ।
आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह धेरै पटक दिल्ली गएको प्रधानमन्त्री दाहालको अभिब्यक्तिलाई लिएर नेकपा एमाले र राप्रपाले संसद बैठक अवरुद्ध गरेपछि दुवै नेताले आफ्नो बदमासीलाई ढाकछोप गर्न देशलाई ढाँटनु भएको हो ।
संसद अवरोधअगावै प्रधानमन्त्रीले मिटरब्याजी सम्बन्धी बिद्येयक निश्कृय बनाउन संसद अवरोध हुन लागेको बताउनु भएको थियो भने उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले धेरैपछि सामाजिक सञ्जालमा आएका भन्दै बुधवार साँझ फेसबुकमा लेख्नुभएको थियो । दुवै नेताले मिटरब्याजी बिद्येयकलाई निश्कृय बनाउन अवरोध भएको बताए पनि यथार्थ भने बिल्कुलै भिन्न रहेको छ ।
फेसबुकमा गृहमन्त्री श्रेष्ठले लेख्नुभएको थियो, ‘आज म धेरै आहात भएको छु । आज प्रतिनिधिसभाबाट मिटर ब्याज सम्बन्धी बिधेयक पारित हुनुपर्थ्यो । तर गरिएन । आजैदेखि यस सम्बन्धमा जारी गरिएको अध्यादेश निष्कृय भएको छ । यसबाट को पिडीत जनताको पक्षमा छ र को बिपक्षमा छ भन्ने स्पष्ट भएको छ ।’
प्रधानमन्त्री र गृहमन्त्रीले यस्तो बताए पनि तथ्य भने अर्कै रहेको पाइएको छ । उहाँहरुले नै सत्ता गठबन्धन जसपाका अध्यक्ष उपेन्द्र यादव र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष डा. सिके राउतसँग मिटरब्याजी सम्बन्धी बिद्येयक अघि नबढाउने सहमति गर्नुभएको पाइएको छ ।
‘उपेन्द्र र सिके राउतजीको चर्काे बिमति रह्यो । उहाँहरुले बिद्येयक पारित गर्न नहुने अडान राखेपछि प्रधानमन्त्री र गृहमन्त्रीले नै केही न केही बाटो निकालेर रोकिन्छ भन्नुभएको हो,’ बालुवाटार स्रतेले जनताटाइम्स डटकमसँग भन्यो । स्रोतका अनुसार उपेन्द्र र राउतसँगको सहमतिकै आधारमा सरकारले जानाजान अन्तिम दिनका लागि बिद्येयक प्रतिनिधिसभामा पेश गरेको हो ।
मिटरब्याजी सम्बन्धी बिद्येयक रोक्ने काम सरकारले नै गरेको हो, संसद अवरोधलाई बहाना बनाएर आफ्नो संबिधान बिरोधी हर्कत ढाकछोप गर्ने हतियार बनाइएको पनि स्रोतले बताएको छ ।












प्रतिक्रिया दिनुहोस्