जनता टाइम्स

२६ असार २०८०, मंगलवार १५:४९

कागेश्वरी मनहराको सिद्धि गणेश माविका प्रअ र व्यवस्थापन समिति अध्यक्ष घुससहित पक्राउ


काठमाडौं, असार २६ । काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका १ स्थित सिद्धि गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्ष घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शिक्षक छनोट प्रक्रियामा घुस लिएको आरोपमा प्रधानाध्यापक बुद्धिविलास रिजाल र व्यवस्थापन समिति अध्यक्ष रामकुमार थापालाई नियन्त्रणमा लिएको हो । उनीहरुबाट १६ हजार रुपैयाँ बरामद भएको छ ।