काठमाडौं, असार २७ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । दाहालपत्नी सीताको आजबिहान नर्भिक अस्पतालमा निधन भएको हो ।
अस्पताल स्रोतका अनुसार सीताको आज बिहान साढे ८ बजे निधन भएको हो ।
स्वास्थ्य अवस्था गम्भीर भएपछि सीतालाई आज बिहान अस्पताल लगिएको थियो ।
पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित सीता दाहाल लामोसमयदेखि ओछ्यानमै थलिनुभएको थियो ।
सीताको निधनको जानकारी पाउनसाथ प्रधानमन्त्री प्रचण्ड नर्भिक अस्पताल पुग्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्