जनता टाइम्स

२ श्रावण २०८०, मंगलवार १०:३२

युरोको भाउ बढदा डलरको मूल्य घट्यो, यस्तो छ अन्य देशको बिदेशी मुद्राको बिनिमय दर


काठमाडौ, २ साउन । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३० रूपैयाँ ९७ पैसा र बिक्री दर १३१ रूपैयाँ ५७ पैसा तथा युरो एककोखरिद दर १४७ रूपैयाँ १३ पैसा र बिक्री दर १४७ रूपैयाँ ८० पैसामा खरिदबिक्री हुने भएकाे छ । हिजो अमेरिकी डलर एकको खरिद दर १३१.१७ रुपैयाँ रहेको थियो भने बिक्री दर १३१.७७ रुपैयाँमा तथा युरो एकको खरिद दर १४७.२९ रुपैयाँ रहेको छ भने बिक्री दर १४७.९६ रुपैयाँमा काराेबार भएकाे थियो ।

बेलायती पाउण्ड एकको खरिद दर १७१ रूपैयाँ ४३ पैसा र बिक्री दर १७२ रूपैयाँ २१ पैसा, अस्ट्रेलियन डलर एकको खरिद दर ८९.२४ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.६५ रुपैयाँ क्यानेडियन डलर एकको खरिददर ९९रुपैयाँ ५ पैसा र बिक्रीदर ९९ रुपैयाँ ५० पैसा कायम गरिएकाे छ ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ४८ पैसा र बिक्रीदर ९ रुपैयाँ ५३ पैसामा काराेबार हुदाँ दक्षिण काेरिया १०० को खरिदमा १० रूपैयाँ ३४ पैसा र बिक्रीदर १० रूपैयाँ ३९ पैसामा खरिदबिक्री गर्न सकिनेछ ।

साथै, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९६ पैसा र बिक्री दर ३६ रूपैयाँ १२ पैसामा काराेबार हुने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३४.९ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिद दर २८.८४ रुपैयाँ रहेको छ भने बिक्री दर २८.९८ रुपैयाँमा खरिदबिक्री गर्न सकिनेछ ।