काठमाडौं, ५ साउन । मोटर साइकल दुर्घटनामा परी उपचार गराइरहनु भएका एक घाइतेलाई उपचारको लागि नेकपा एमालेका नेताले आर्थिक सहयोग गर्नुभएको छ । गत साउन १ गते रामेछापको मन्थलीमा भएको मोटरसाइकल दुर्घटनामा परि घाइते भएर उपचार गराइरहनु भएका पुष्पराज दाहाल पर्शुरामको उपचारका लागि एमाले नेता रत्न गौतमले आर्थिक सहयोग गर्नुभएको हो ।
एमाले वाग्मती प्रदेश कमिटी सदस्य गौतमले उहाँको उपचारको लागि ५० हजार रुपैँया नगद सहयोग गर्नुभएको छ । काठमाडौंका ट्रमा सेन्टरमा उपचार गराइरहनु भएका दाहालकी पत्नी सरिता घिमिरे दाहाललाई अस्पतालमा नै गएर गौतमले रकम हस्तान्तरण गराउनु भएको हो ।
रकम हस्तान्तरण गर्न एमाले मन्थली नगरपालिका कमिटी अध्यक्ष रामबाबु घिमिरे पनि गौतमको साथमा जानुभएको थियो । दाहालको ट्रमा सेन्टरको आइसीयुमा उपचार भइरहेको छ । उहाँ स्वास्थ्य अवस्था निक्कै गम्भीर छ । उहाँको परिवारसँग उपचार गराउन पर्याप्त रकम हुँदा जिल्लामा पनि सहयोग सङ्कलन भइरहेको छ ।













प्रतिक्रिया दिनुहोस्