मुगु, ६ साउन । हिमाली जिल्ला मुगुमा सञ्चालित एक गैर सरकारी संस्था आईएनएफ मुगुले दलित समुदायको पहिलो पेशामा रहेको लोपोन्मुख आरन पेसा प्रवर्द्धनका लागि कार्यक्रम सुरु गरी त्ससलाई बचाउन लागि परेका छन् ।
जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउपालिका वडा नं , ६,७ लगायत दर्जनौ दलित समुदायलाई आरन पेशा ब्यवसाय बचाउन सो संस्थाले यो कार्यक्रम थालनी गरेको हो । पछिल्लो समय लोहार जातिले गर्दै आएको आरन पेसा लोप हुँदै गएपछि यसलाई प्रवर्द्धन गर्न अभियान सुरु गरिएको आईएनएफ मुगुकी सहायक क्षमता विकास अधिकृत शारदा कुमारी हितानले बताउनुभयो ।
उहाँले भन्नुभयो ‘पहिलो पटक सोरु गाउपालिकाका दलित समुदायका नागरिकहरुलाई केही भए पनि आफ्नो जिविकोपार्जन गर्नको निम्ति संस्थाले आरन पेशा गर्दा आबश्यक पर्ने सामग्री आफर, रेत, घन, हतौडा, सराँसोलगायत सामान वितरण गरेका छौ ।’ व्यक्तिगत लगानीमा यहाँका दलितलाई आरन पेसा बचाउने सामान वितरण गरिएको उहाँको भनाइ छ ।
सोरु गाउपालिकाका लालसिंह कामीलगायत अन्य दलित समुदायका नागरिकहरुलाई आरन पेसामा आवश्यक पर्ने सामान हस्तान्तरण गरेको बताउनुभयो । थोरै लगानीमा पनि यहाँका नागरिकहरुले आफ्नो परिवारको घर खर्च धान्नुका साथै जिविकोपार्जनमा उत्तिकै टेवा पुग्ने जिल्ला समन्वय समितिका प्रमुख मञ्जन कार्कीले बताउनुभयो । उहाँका अनुसार यस पेशा लाई बचाउन यहाँका स्थानीय सरकार लगायत संघसंस्थाले जोड दिनु पर्ने बताउनुभयो ।
लालसिंह कामीले विगतदेखि गर्दै आएको काम विस्तारै हराउँदै गएको सुनाउनुभयो । पहिला छालाको माध्यमबाट निर्माण हुने खँलातबाट आरन पेसा गरेका थियौँ कामीले भने ‘पछि खँलात पनि पाइन छाडे, अहिले त यो पेसा गर्ने मान्छे नै हराए ।’ साथै, आरन पेसा पुस्तान्तरण नहुँदा हराउँदै गएको उहाँको भनाइ छ । बीचमा आरन चलाउने कुनै सामान नै थिएन ।
आईएनएफ संस्थाले सहयोग पछि अब यो पेसालाई निरन्तरता दिने सोच रहेको उहाँले बताउनुभयो । संस्थाले आरन पेशा मात्र नभएर घरमा हुने नियमित सरसफाईका सामग्री र शिक्षा क्षेत्रमा पनि उत्तिकै पैरवी गर्दै आईरहेको छ ।













प्रतिक्रिया दिनुहोस्