जनता टाइम्स

७ श्रावण २०८०, आईतवार १७:५१

अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना, एकको मृत्यु, ३३ जना घाइते


अछाम, ७ साउन । अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना भएको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाको कालिकास्थान नजिक मलामी बोकेर घाटतिर जादै गरेको भे १ त ६७५६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा पञ्चदेवल विनायक नगरपालिका–६ का २४ वर्षीय दीर्घ बिक रहेका छन् ।

दुर्घटनामा परेर ३३ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्थाको गम्भीर रहेको अछाम प्रहरीले जनाएको छ । घाइते २४ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने ९ जनाको नजिकको स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घुम्तिमोडमा ट्याक्टर मोड्ने समयमा दुर्घटना भएको हो ।