काठमाडौ, साउन ९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ स्वयमले सबैको ध्यान अन्त मोड्न विभिन्न प्रपञ्च गरिरहेको बताउनु भएको छ ।
कम्बोडियाबाट फर्किएपछि विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै ओलीले स्वतन्त्र ढंगले अनुसन्धान गर्नुपर्ने गृहमन्त्रीले अस्वाभाविक रूपमा विभिन्न व्यक्तिको फोटो पत्रिकाहरूमा छाप्न लगाएर ध्यान अन्त मोड्न खोजेको बताउनु भएको हो । सानोतिनो संलग्नताबाट क्विन्टल सुन विमानस्थलबाट भित्रिन नसक्ने उल्लेख गर्दै ओलीले यसमा गृहमन्त्रीको संलग्नता छ की छैन भनेर प्रश्न पनि गर्नुभयो ।
‘नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुनुहुन्छ, आफू । उहाँले एयरपोर्टमा सुरक्षाको बन्दोबस्त गर्नुभएको छ की छैन ? एयरपोर्टमा सेक्युरिटी गर्ने काम उहाँको हो की होइन ? यहाँ के आउने के जाने चिजहरूको निरीक्षण गर्ने काम उहाँको हो की होइन ? अनि क्विन्टलका क्विन्टल सुन बाहिर जान्छ । गृहमन्त्री कोटको गालामा र टारको गालामा काँक्राको बियाँ टाँस्दै बस्छन्, मुखैका छेउमा गएर । यो अत्यन्तै अनैतिक हो, ओलीले भन्नुभयो, गृहमन्त्रीको कृयाकलाप गैर जिम्मेवार हो । यस्ता गैर जिम्मेवार कुरा गरेर हिँड्ने गृहमन्त्रीले ? उहाँले बताउनुपर्यो उहाँको संलग्नता छ छैन ? सानोतिनो संलग्नताबाट यो त भएको छैन होला ! उहाँको संलग्नता छ छैन ? छैन भने कसको संलग्नता छ ? को छ यसमा ? यतिकै कोटको गालामा बियाँ टाँस्ने होइन ।’
उहाँले आफूले बोल्दा गैर जिम्मेवार ढंगले बोल्न नहुनेतर्फ पनि गृहमन्त्रीको ध्यानाकर्षण गराउनु भयो। ‘म उहाँलाई सचेत गराउन चाहन्छु । गृहमन्त्रीको हैसियतले उहाँले बोल्दा तरिका पुर्याएर बोल्नुपर्छ । बत्तमीज हुनु एउटा कुरा हो । तर यो त हद भयो । गैर जिम्मेवार भयो, अनैतिक भयो । जथाभाबी बोल्ने गृहमन्त्री भएर जथाभाबी बोल्न गृहमन्त्रीलाई छुट छ ? अर्को कोही उनको जबाफदेहिताको कुरा उठायो भने मुद्दा हाल्न जाने ?रु गृहमन्त्रीविरुद्ध मुद्दा हाल्ने की नहाल्ने ?’
सुरुमै पत्रिकाहरूलाई फोटो छाप्न लगाएर गम्भीर विषयलाई डाइभर्ट गरी कता मोड्न खोजेको भन्दै उहाँले प्रश्न पनि गर्नुभयो । ‘चेम्बरको अधिवेशनमा खिचिएको व्यापारीसँगको फोटो गैर जिम्मेवार ढंगले छाप्यो । चेम्बरमा व्यापारी नभएर को किसान हुन्छ त रु त्यो फोटो छाप्छ । अत्यन्तै गैर जिम्मेवार ढंगले । यस्ता गम्भीर विषयलाई डाइभर्ट गर्न खोज्छ । ध्यान कता मोड्न खोजेको रु के छोप्न खोजेको रु आकाशमा चिल देखाएर यता के लुकाउन खोज्दै छ रु के छोप्न खोजिँदै छ रु गृहमन्त्री र नयाँ पत्रिकाहरूलाई सोध्न खोज्छु,’ ओलीले भन्नुभयो ।

गत साउन २ सोमबार निर्वाचनको पर्यवेक्षण गर्नका लागि कम्बोडिया गएका ओली एक सातापछि स्वदेश फर्किनुभएको हो । सोमबार राती स्वदेश फर्केका ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेललगायतका पार्टीका शीर्ष नेताहरूले स्वागत गर्नुभयो ।
कम्बोडियामा हालै सम्पन्न निर्वाचनको पर्यवेक्षण गर्न विशेष अतिथिको रूपमा अध्यक्ष ओलीसँगै पत्नी राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल, राजन भट्टराईसहित सचिवालयका अन्य सदस्यहरू सो भ्रमण टोलीमा सहभागी हुनुहुन्थ्यो । एक साता लामो कम्बोडिया बसाइका क्रममा उहाँले त्यहाँका प्रधानमन्त्री सामदेक टेचो हुन सेनसहित सरकारी उच्च अधिकारीसँग पनि भेट गर्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्