काठमाडौं, साउन १०। प्रतिनिधिसभामा सत्तारुढ दलकै सांसदले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका छन् । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले सुन तस्करीलाई लिएर उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा प्रकाशशरण महतको राजीनामा माग गर्नुभएको हो ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट एक क्वीन्टल सुन बरामद भएको घटनामा भरियामात्र पक्राउ गरेको र मुख्य दोषी पक्राउ गर्न न सकेको भन्दै उहाँले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गर्नुभयो ।
‘उहाँहरुले भरियामात्र होइन, मुख्य दोषीलाई पक्डियौं भन्नुपर्थ्यो, समय लिने हो भने ३ दिन, ५ दिनभित्र समात्छु भन्न सक्नुपर्थ्यो ’ शर्माले भन्नुभयो, ‘होइन भने अनुसन्धान प्रक्रिया सहज बनाउन, सुनको मालिक पत्ता नलागेसम्म उहाँहरुले राजीनामा दिनुपर्छ ।’
शर्माले प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्ड फर्केपछि आफू यो विषय उठाएर आमरण अनसन बस्ने घोषणा पनि गर्नुभयो।













प्रतिक्रिया दिनुहोस्