जनता टाइम्स

१९ भाद्र २०७६, बिहीबार ०९:४०

एउटा बैंकको एटिएम अर्को बैंकमा नचल्ने


काठमाण्डौ, भदौ १९

चिनियाँ ह्याकरले एटिएम लुटेपछि एउटा बैंकको एटीएम अर्को बैंकमा नचल्ने भएको छ । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)ले बैंक तथा वित्तीय संस्थाहरुको कार्ड त्यही बैंकको एटीएम र पीओएस मेसिनमा मात्र चल्ने व्यवस्था मिलाइएको जनाएको छ ।

नेप्सले कम्पनीका सदस्य बैंकहरु, सूचना प्रविधि सुरक्षा विशेषज्ञ, नियमकारी निकाय अनुसन्धानमा सक्रिय रहेको भन्दै केही समयका लागि यस्तो व्यवस्था गरिएको जनाएको हो । केही बैंकका एटीएम मेसिनबाट अनाधिकृत रुपमा रकम निकालिएको सन्दर्भमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै नेप्सले ग्राहकको खातामा रहेको रकममा कुनै असर नभएको र निक्षेपकर्ताका रकम बैंकमा सुरक्षित रहेको पनि बताएको छ । नेप्सले १८ वटा बैंक तथा वित्तीय संस्थाहरुलाई कार्डसम्बन्धी होस्टिङ र स्विचिङको सेवा प्रदान गर्दै आइरहेको छ ।

यसैविच, राष्ट्र बैंकद्वारा गठित छानविन टोलीले एटिएमबाट निकाल्ने पैसामा समेत कटौती गर्न प्रस्ताव गरेको छ । टोलीले एटिएमबाट निकालिने रकमको सिमा तोक्न सुझाव दिएको हो । अहिले एकपटकमा २५ हजार र एकदिनमा एक लाख रुपैयाँमात्र निकाल्न सकिन्छ ।