जनता टाइम्स

१९ भाद्र २०७६, बिहीबार १०:४८

वार्षिक ३ अर्बको खैनी, चुरोट र गुट्खा खान्छन् नेपाली


काठमाडौं, भदौ १९

नेपालीले बार्षिक ३ अर्ब रकम बराबरको चुरोट, खैनी, गुट्खा खाने गरेको देखिएको छ । विदेशबाट मात्रै झन्डै ३ अर्ब रुपैयाँ बराबरको खैनी, सुर्ती, चुरोट, हुक्का, तम्बाखु, सिगार र गुट्खा आयात भएको देखिएको छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५\७६ मा विभिन्न मुलुकबाट २ अर्ब ८९ करोड ६८ लाख ९९ हजार ३८५ रुपैयाँको सुर्ती, चुरोट, हुक्का र गुट्खा आयात भएको छ । नेपालमा सुर्ती, चुरोट, हुक्का र गुट्खा अमेरीका, चीन, भारत, इन्डोनेसिया, फिलिपिन्स, जापान, यूएई, सिंगापुरलगायतका देशहरुबाट आयात हुने गरेको छ ।

जसमा गत आर्थिक वर्ष सबैभन्दा २ अर्ब ८० करोड ७४ लाख ५० हजार ७४७ रुपैयाँको सुर्ती, चुरोट, हुक्का र गुट्खा भारतबाट आयात भएको छ, भने बाँकी ९ करोड ९४ लाख ४८ हजार ६३८ रुपैयाँको सुर्ती, चुरोट, हुक्का र गुट्खा अन्य देशबाट आयात भएको छ । आयातित सुर्ती, चुरोट, हुक्का र गुट्खामा भारतबाट २ अर्ब ३५ करोड १ लाख ११ हजार १७२ रुपैयाँको ५५ लाख ८२ हजार ९४९ केजी कच्चा सुर्ती आयात गरिएको छ ।