धनगढी, ११ साउन । कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।
जिल्लाको गोदावरी नगरपालिका–८ स्याउले बजारमा रहेको चम्फा ट्याक्टरका पाटपुर्जाको पसलका सञ्चालक धनगढी उपमहानगरपालिका–५ हसनपुरका ३२ वर्षीय सरद चौधरी र सोहि ठाँउको जेयसके फेन्सी स्टोर पसलका सञ्चालक ३२ वर्षीय मधुसुदन पन्तलाई लागुऔषधसहित पक्राउ गरेके हो ।
चौधरीको साथबाट ६ ग्राम ७९० मिलीग्राम र पन्तको साथबाट २४० मिलिग्राम लागु औषध फेला पारेको प्रहरीले जनाएको छ । दुबैजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय मालाखेतीले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्