जनता टाइम्स

१२ श्रावण २०८०, शुक्रबार १२:०८

बलात्कार आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक पक्राउ


काठमाडौ, साउन १२ । मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक सहसचिव इन्जिनियर हरिकुमार पोखरेल बलात्कार आरोपमा पक्राउ परेका छन ।
काठमाडौं प्रहरी परिसरको टोलीले पोखरेललाई आज त्रिपुरेश्वरबाट पक्राउ गरेको हो ।

एक युवतीले बलात्कारको आरोप लगाएपछि अनुसन्धानका लागि पोखरेललाई पक्राउ गरिएको काठमाडौं प्रहरीले जनाएको छ । सिनामंगलस्थित आफ्नै घरमा काम गर्ने २३ बर्षीया युवतीलाइृ घरमा कोही नभएको मौका छोपी बटक पटक बलात्कारको प्रयाश गरेको उजुरीपछि प्रहरीले अदालतबाट पुर्जी लिएर पक्राउ गरेको हो ।

सुरुमा युवतीले गौसला प्रहरीमा उजुरी दिए पनि दर्ता नभएपछि मिडियामा आएकी थिइन । त्यसपछि प्रहरीले उजुरी दर्ता गरी जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएर पक्राउ गरेको हो ।