जनता टाइम्स

१३ श्रावण २०८०, शनिबार ०९:२४

पहिरोले अवरुद्ध मुग्लिन नारायणगढ सडक दुईतर्फी सञ्चालन


चितवन, साउन १३ । अबिरल बर्षासँगै खसेको पहिरोले अवरुद्ध चितवनको मुग्लिन नारायणगढ सडकखण्ड पुनः सञ्चालनमा आएको छ ।

आज बिहान ७ बजे इच्छाकामना गाउँपालिका ७ को कालिखोला नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । सडकको पहिरो पन्छाएर बिहान ८ः ५५ बजेदेखि सडक दुईतर्फी नै सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

बर्खा लागेपछि यो सडक पहिरोले पटकपटक अवरुद्ध हुँदै आएको छ । गए राति पनि पहिरोले सडक अवरुद्ध भएको थियो । बिहान केही समय सञ्चालन भए पनि पुनः अवरुद्ध भएको सडक अहिले दुईतर्फ सञ्चालनमा आएको हो ।