जनता टाइम्स

१३ श्रावण २०८०, शनिबार ०९:५८

एनआरएनए कतारको अध्यक्षमा भट्ट निर्वाचित, यस्तो छ निर्वाचित पदाधिकारी र सदस्यको मत परिणाम (सूचीसहित)


कतार, साउन १३ । गैर आवासीय नेपाली संघ (एनआरएनए) कतारको अध्यक्षमा रमेश भट्ट निर्वाचित हुनुभएको छ । आज सम्पन्न निर्वाचनमा प्रतिस्पर्धी पदम गिरीलाई झण्डै एक हजार मतले पछि पार्दै भट्ट अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

यस्तै प्रथम उपाध्यक्षमा कृष्ण पन्थी, द्धितीय उपाध्यक्षमा केशवराज कार्की, तृतीय उपाध्यक्षमा सन्दिपकुमार भट्टराई र महिला उपाध्यक्षमा नानु घले ब्लोन निर्वाचित हुनुभएको छ । यस्तै युवा संयोजकमा सुवासबहादुर थापा निर्बिरोध हुनुभएको छ । यसैगरी महासचिवमा रविन मगर, तीन सचिवमा ओमबहादुर क्षेत्री (सन्तोष),रोशन अर्याल र सुरज शर्मा अधिकारी, कोषाध्यक्षमा बुद्धबहादुर पाण्डे र सहकोषाध्यक्षमा झबिन्द्र आचार्य निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

समितिका अनुसार आइसिसी सदस्यमा श्रीकृष्ण भट्टराई, तेज कटुवाल, दिपजङ्ग शाह, दुर्गाप्रसाद प्याकुरेल, प्रेमबहादुर चलाउने र बिक्रम कार्की निर्वाचित हुनुभएको छ ।