जनता टाइम्स

१९ भाद्र २०७६, बिहीबार ११:४७

बस दुर्घटनामा छ जना घाइते


दाङ,भदौ १९

रुपन्देहीबाट दाङ आउँदै गरेको लु१ख ८४५९ नं को बस गए राति राप्ती गाउँपालिका–१ पाखापनीमा दुर्घटना हुँदा छ जना घाइते भएका छन् । प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार सल्यानको बागचौर नगरपालिका–१२ का १९ वर्षीया गीता केसी र लमही नगरपालिका–१ का ४५ वर्षीया गीता कुमाल गम्भीर घाइते छन् । बस सडकका खाल्डाखुल्डीका कारण दुर्घटनामा परेको हो ।