जनता टाइम्स

१९ भाद्र २०७६, बिहीबार १६:२०

शनिवारदेखि लागु हुने गरी दूधको मुल्यमा बृद्धि


काठमाडौं, भदौ १०। दुग्ध विकास संस्थानले शनिवारबाट लागु हुने गरी दूधको मुल्यमा ६ रुपैयाँ बढाएको छ । मुल्य सिफारिस समितिले १० रुपैयाँ बढाउन सिफारिस गरेपनि सस्थानले प्रतिलिटरमा ६ रुपैयाँ बढाएको हो ।

भदौं २१ गतेबाट बढेको दूधको मुल्य लागु हुने सस्थानका सूचना अधिकारी सुभाष भट्टराईले जानकारी दिनुभयो । उपभोक्ताले खरिद गर्दै आएको दूधमा प्रतिलिटर ६ रुपैयाँले मूल्य बढाउने निर्णय गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गठन गरेको कार्यदलले दूधको मूल्य प्रतिलिटर १० रुपैया बढाउन सिफारिस गरेको थियो ।

दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्त संयोजकत्वको कार्यदलले बढ्ने मूल्यको ६९ प्रतिशत दुग्ध उत्पादक किसानले तथा ३१ प्रतिशत व्यवसायीले पाउने हुने गरी मूल्य बृद्धिको सिफारिस गरेको थियो ।