बर्दिया, साउन १८ । नेकपा एकीकृत समाजवादीका बर्दिया जिल्ला उपसचिव दुर्गा जैसी नेकपा एमालेमा फर्कनु भएको छ । माधव नेपाल नेतृत्वको पार्टी अव चल्न नसक्ने र जनताले अस्वीकार गरेको भन्दै जैसी आज मुल घरमै फर्किनु भएको हो ।
ठाकुरबाबा नगर कमिटीका अध्यक्षसमेत रहनुभएका नेता जैसीलाई एमाले केन्द्रीय नेताहरु लीला गिरी,लक्ष्मण ज्ञवालीसहितका नेताहरुले पार्टीमा स्वागत गर्नुभएको छ । एमाले प्रवेश गरेपछि उहाँले अव कोही पनि नेकपा एसमा रहन नहुने बताउनु भयो ।

कम्युनिष्ट सकाउने मिसनमा नेकपा एस रहेको तथ्य प्रमाणित भएपछि सो पार्टीमा बस्नुहुन्न भन्ने निश्कर्षमा आफू पुगेको उहाँले बताउनु भयो । उहाँले माधव नेपालको भ्रमजालमा नपरी एमालेमै फर्कन नेकपा एसमा रहेका सवै नेता कार्यकर्तालाई अपिलसमेत गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्