जनता टाइम्स

२० भाद्र २०७६, शुक्रबार ०७:५०

स्वास्थ्यलाभ गरी स्वदेश फर्कदै प्रधानमन्त्री ओली, उपचारपछि देखियो स्वास्थ्यमा उल्लेख्य सुधार


काठमाडौं, भदौं २० । दुई साता लामो स्वास्थ्य उपचारपछि प्रधानमन्त्री केपी शर्मा ओली आज शुक्रवार स्वदेश फर्कदै हुनुहुन्छ । थाई एअरको नियमित उडानबाट आज मध्यान्न सवा १२ बजे प्रधानमन्त्री ओली स्वदेश फर्कन लाग्नुभएको हो ।

प्रधानमन्त्री ओलीसँगै उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिन सिंगापुर जानुभएका नेकपाका प्रस्तावित उपाध्यक्ष बामदेव गौतम र महासचिव बिष्णु पौडेल पनि स्वदेश फर्कनुहुनेछ । १२ बर्ष अघि मृगौला प्रत्यारोपन गर्नुभएका प्रधानमन्त्री ओली मृगौलाकै उपचारका लागि गत भदौं ५ गते सिंगापुर जानुभएको थियो ।

उहाँको उपचार प्लाज्मा फेरेसिर बिधिबाट सात पटक गरिएको छ । उपचार सकिएसँगै प्रधानमन्त्री ओली आज स्वदेश फर्कन लाग्नुभएको हो । प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीले जनताटाइम्सलाई दिनुभएको जानकारी अनुसार थाइ एअरको नियमित उडानबाट प्रधानमन्त्री ओली मध्यान्न भित्रुवन अन्तराष्ट्रिय बिमानस्थलमा अवतरण गर्नुहुनेछ । उहाँ सिंगापुरबाट आज बिहानै स्वदेश प्रस्थान गरिसक्नुभएको छ ।

‘सम्माननीय प्रधानमन्त्रीज्यू आज थाइ एअरको उडानबाट स्वदेश फर्कनु हुनेछ,’ प्रमुख स्वकीय सचिव भण्डारीले जनताटाइम्ससँग भन्नुभयो । चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीको सरीरमा एन्टिबडी बढेपछि नष्ट गर्नको स्वास्थ्य अवस्था राम्रो भएको छ ।

मृगौलाको समस्याका कारण ‘एन्डीबडी’ को मात्रा बढेपछि प्रधानमन्त्री ओलीको भदौ ६ गतेबाट सिंगापुरस्थित नेशनल अस्पतालमा उपचार गरिएको हो । प्रधानमन्त्री ओलीले साउन १८ गते सिंगापुर प्रस्थान गरी सिंगापुरको सोही हस्पिटलमा मृगौलाको परीक्षण गराई साउन २७ गते स्वदेश फर्कनुभएको थियो । गत भदौ ५ गते उपचारको लागि सिंगापुर जानुभएका प्रधानमन्त्री ओलीको ६ गतेदेखि प्लाज्मा फेरेसिस बिधिबाट उपचार सुरु भएको थियो । यो मिर्गौलाको एन्टिबडी हटाउने विधि हो । प्लाज्मा फेरेसिस सात चरणसम्म गरिन्छ । बुधबार सातौँ चरण पूरा भएसँगै उपचार सकिएको हो ।