सर्लाही, साउन २३ । नेकपा एमालेले चार वटा माग तत्काल सम्वोधनको माग गर्दै आज जिल्ला प्रशासन कार्यालय सर्लाहीमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण गराएको छ ।
एमालेले आफ्नो माग पुरा नभए आन्दोलनमा जान वाध्य हुनु पर्ने चेतावनी पनि पत्रमा उल्लेख गरेको छ । एमाले जिल्ला अध्यक्ष राजनारायण साहको हस्ताक्षर भएको ध्यानाकर्षण पत्रमा सर्लाहीलाई सुख्खा क्षेत्र घोषणा, लम्पी स्किन रोगको उपचार, उखु किसानको अनुदान भुक्तानी र वाढीको जोखिम वढेकाले सावधानीका काम तत्काल गर्न माग गरिएको एमाले नेता चूडामाणि वाग्लेले जानकारी दिनुभयो ।
ध्यानाकर्षण पत्र वुझ्दै सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रजित यादवले नेकपा एमाले सर्लाहीले राखेका माग सम्वन्धित निकायमा आजै जानकारी गराउने वताउनुभयो । एमालेले पानी नपरेर जिल्ला खडेरिको समस्यामा रहेको भए पनि राज्य वेखवर झै रहेको आरोप लगाएको छ । ध्यानाकर्षण पत्रमा एमालेले तत्काल सुख्याग्रस्त जिल्ला घोषणा गरि किसानलाई राहतका कार्यक्रम ल्याउन माग गरेको छ । मागमा उखु किसानले राज्यले दिनु पर्ने प्रती क्विन्टल ७० रुपया पनि नदिएकोले तत्काल दिन माग गरेको छ ।
सुख्याको असर र लम्पी स्किन रोगवारे जिल्लामा तथ्यांक समेत नभएको आरोप लगाउदै उसले केही संकलन गरेको तथ्यांक समेत पत्रमा उल्लेख गरेको छ ।
एमालेले लम्पी स्किन रोगले जिल्लामा २५ हजार भन्दा वढी चौपाया विरामी भएको र ठुलो सख्यामा मरेको दावी गरेको छ । ध्यानाकर्षण पत्रमा ईश्वरपुर नगरपालिकामा मात्र ४ हजार भन्दा वढि पशु विरामी भएको जनाएको छ । एमालेले मरेका पशुको कृषकलाई राहत दिन र भ्याक्सीन सहित उपचार निशुल्क गर्न माग गरेको छ ।

यस्तै साउन र भदौमा आकस्मीक वर्षात भएर वाढी आउने संभावना भएकाले एमालेले स्थानीय प्रशासन मार्फत प्रधानमन्त्रीलाई सचेत गराएको छ । वाढि, पहिरो र डुवान जस्ता समस्यामा क्षती हुन नदिन र राहतका कार्यक्रमको लागि पुर्व तयारी थाल्न ध्यानाकर्षण गराएको एमाले नेता वाग्लेले वताउनुभयो । आजै मधेश प्रदेशका सवै जिल्लाका स्थानीय प्रशासनमा आआफ्नो जिल्लाका समस्या सहित एमालेले ज्ञापन पत्र वुझाएको छ ।
एमालेका मधेश प्रदेश ईन्चार्ज योगेश भट्टराईले जिल्लाका मागहरु समेटेर राज्यको ध्यानाकर्षण गराउन निर्देशन दिएकाले मधेश प्रदेशका ८ वटै जिल्लाले आज प्रधानमन्त्रीलाई माग पठाएको हो । जिल्ला प्रशासन कार्यालय सर्लाहीमा ध्यानाकर्षण पत्र लिएर एमाले केन्द्रीय सदस्य सहित ५० भन्दा वढि नेता कार्यकर्ता पुगेका थिए ।
एमालेले उठाएका मागलाई जनपक्षिय भन्दै कृषकहरुले पनि सकारात्मक रुपमा लिएका छन । जिल्ला प्रशासन कार्यालय मलंगवामा भेटिएका स्थानीय ललन यादबले एमालेले किसानको पक्षमा सही आवाज उठाएको धारणा राख्नुभयो ।














प्रतिक्रिया दिनुहोस्