काठमाडौं, साउन २४ । नेकपा एमालेका नेता बिष्णु रिजालले गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसदमा सफेद झुट बोलेको तथ्य खोल्नुभएको छ ।
३३ केजी सुन नेपाल भित्र्याउँदा शेरबहादुर देउवा प्रधानमन्त्री र कांग्रेसको सरकार रहेको तथ्य भुलेर गृहमन्त्रीले मंगलवार संसदमा एमालेतिर प्रश्न उठाएको भन्दै रिजालले गृहमन्त्रीको झट समात्नुभएको हो । प्रमुख प्रतिपक्षी दल एमालेका केन्द्रीय सदस्य रिजालले सो सुन ल्याउँदा कांग्रेस नेतृत्वको सरकार रहेको बताउनु भयो ।
‘३३ किलो सुन विमानस्थलबाट बाहिरिँदा शेरबहादुर देउवा प्रम र गृहमन्त्री हुनुहुन्थ्यो, ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री, यो घटना ०७४ माघ ८ गतेको हो,’ उनले भनेका छन, ‘केपी ओली प्रधानमन्त्री ०७४ फागुन ३ गते हुनुभएको हो । त्यसबेलासम्म तस्करहरुले सुन पुर्याउनुपर्ने ठाउँमा पुर्याइसकेका थिए,’ रिजालले लेख्नुभएको छ ।
ससदमा सुन प्रकरणलाइ लिएर बादबिबाद भइरहदाँ रिजालको यो टिप्पणी सामाजिक सञ्जालबाट सार्बजनिक भएको हो ।
रिजालको भनाई जस्ताको तस्तै
३३ किलो सुन किन फेला परेन ?
‘विमानस्थलबाट बाहिरिएको ३३ किलो सुनका बारेमा खोजबिन गर्दा एक तोला पनि पाइएन’ भनेर हिजो संसद्मा गृहमन्त्री बोलेको सुनियो र अरुले पनि त्यो कुरा उठाइरहेका छन् । यसको छानबिन केपी शर्मा ओली प्रधानमन्त्री हुँदा भएकाले त्यसप्रति लक्षित गरी बोलेको बुझिन्छ ।
यथार्थ चाहिँ भिन्न छ ।
३३ किलो सुन विमानस्थलबाट बाहिरिँदा शेरबहादुर देउवा प्रधानमन्त्री हुनुहुन्थ्यो र जनार्दन शर्मालाई विनाविभागीय बनाएर उहाँले गृहमन्त्रालय पनि आफैँ सम्हाल्नुभएको थियो । अनि उहाँका विश्वासपात्र ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री हुनुहुन्थ्यो, जुन घटना २०७४ माघ ८ गते भएको हो । केपी ओली प्रधानमन्त्री त्यसको २५ दिनपछि अर्थात् २०७४ फागुन ३ गते हुनुुभएको हो । त्यसबेलासम्म तस्करहरुले भागबण्डा लगाएर सुन पुर्याउनुपर्ने ठाउँ (शक्ति केन्द्र !) हरुमा पुर्याइसकेका थिए । पछि सरकारले छानबिन गर्दा केही अभियुक्तहरु फेला परेर, गोरे उप्रेतीलगायत जेलमा पनि छन् । तर, सुनको व्यवस्थापन २५ दिनभित्र नहुने कुरै भएन, देउवाकै पालामा सबै काम फत्ते भइसकेको थियो ।
तथ्य यही हो । यसभन्दा केही फरक छ भने सार्वजनिक गर्दा हुन्छ ।












प्रतिक्रिया दिनुहोस्