काठमाडौं, साउन २५ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाली कांग्रेसका सांसद सुनिल शर्मासँग बदला सलनुभएको छ । बिमानस्थलबाट भएको एक क्वीन्टल सुन तस्करी प्रकरणमा राजीनामा मागेको बदला लिँदै गृहमन्त्री श्रेष्ठले सभामुखलाई जानकारी नदिई पक्राउ पुर्जीबिनै समातेर प्रहरी भ्यानमा हालेको पाइएको हो ।
कांग्रेसका सांसद सुनिल शर्मालाई पक्राउ गर्नसाथ प्रहरीले शर्माको फोनसमेत खोसेको पाइएको छ । आज निवासमै प्रहरी आएपछि शर्माले पक्राउ पुर्जी माग्नुभएको थियो । तर, पुलिसले पक्राउ पुर्जी थानामै लगेर दिने भन्दै जवर्जस्ती समातेर भ्यानमा हालेको हो ।
शर्मा पक्राउ पर्नासाथ पुलिसले शर्माको फोन खोसेको थियो । त्यसपछि शर्माले एक विशेष काम भन्दै पुलिस सँग फोन मागेर एक म्यासेज गर्नु भएको बुझिएको छ । ‘न मलाई पक्राउ पुर्जी दिईयो, न सभामुखसँग पक्राउको अनुमति लिईयो… लौ मेरो फोन पनि खोसिदिए… ( फोन काटियो),’ शर्माले आफूलाई पक्राउ गरेको जानकारी दिँदै पार्टी नेता तथा आपन्तलाई म्यासेज गर्नुभएको थियो ।
सोही म्यासेजको आधारमा शर्मा पक्राउ परेको समाचार बाहिरिएपछि केहीबेर अघि मात्रै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) ले सभामुख देवराज घिमिरेलाई शैक्षिक प्रमाणपत्रको बिषयमा अनुसन्धान गर्न सांसद शर्मा पक्राउ गरिएको जानकारीसहित पत्र पठाएको छ ।
यस्तो छ शर्माको म्यासेज
न मलाई पक्राउ पुर्जी दिईयो,न सभामुखसँग पक्राउको अनुमति लिईयो… लौ मेरो फोन पनि खोसिदिए… ( फोन काटियो)
– सुनिल शर्मा,सांसद नेपाली कांग्रेस













प्रतिक्रिया दिनुहोस्