जनता टाइम्स

२५ श्रावण २०८०, बिहीबार १९:०२

खोलाले बगाएका पुरुषको शव तीन दिनपछि फेला


बर्दिबास, २५ साउन । मडाहा खोलामा आएको बाढीमा परी बेपत्ता भएका सोनमा गाउँपालिका–१ का ३८ वर्षीय जावीर अंसारीको शव तीन दिनपछि फेला परेको छ । बाढीले बगाएको तीन दिनपछि अंसारीको शव सोनमा–१ गोवरैया टोलनजिक मडाहा खोलाको पूर्वी बगरमा आज अपरान्ह फेला परेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

वर्षा थामिएसँगै बाढी घट्दै गएपछि स्थानीयको सहयोगमा सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले तीन घण्टा लामो प्रयासपछि शव निकालेको थियो ।

बाढीको पानी जमेको करिव ५ फिट गहिरो खाल्डोमा खोजीगर्दा डोजरको सहायताले शव वाहिर निकालिएको प्रहरी निरीक्षक मनोज यादवले बताउनुभयो । मृतकका आफन्तले सनाखत गरेपछि प्रहरीले मुचुल्का तयार गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर लग्ने तयारी भएको प्रहरीको भनाइ छ ।